कञ्चनपुरमा एकजना पुरुष मृत भेटिए
कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० का ५४ वर्षीय पूर्ण बहादुर चौधरी मृत अवस्थामा भेटिएका हुन् ।
आइतवार घरबाट सोमबार दिउँसो तीन बजेतिर घरभन्दा करिब ३ किलोमिटर टाढा खेतमा चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता वा उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए
७ पुस २०७७, मंगलवार १०:४४ बजे प्रकाशित































