punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कपका लागि प्रदेशस्तरीय महिला छनौट प्रतियोगिता सुरु

Chaupati
safha napa

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशस्तरीय महिला छनौट टी–२० क्रिकेट प्रतियोगिता धनगढीमा सुरु भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिवार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले उद्घाटन गरे। शनिवारबाट सुरु भएको छनौट प्रतियोगिता पौष ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा ९ वटै जिल्लाका महिला खेलाडीहरूको सहभागिता छ ।

उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए। सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष हरि रेग्मीलगायतको पनि सहभागिता रहेको थियो ।


४ पुस २०७७, शनिवार १६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु