punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गगन थापाको चेतावनी–‘सरकारलाई ठेगानमा ल्याएरै छोड्छौ’

Chaupati
safha napa

नेपाली काँगे्रसका नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारले नैतिकता गुमाइसकेकाले यसलाई ठेगानमा ल्याउने चेतावनी दिएका छन् । सोमबार सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो चेतावनी दिएका हुन् ।

देश र जनताप्रति कत्तिपनि चिन्तित नबेनको ओली सरकार भ्रष्टाचारमै चुर्लुम्म डुबेको उनले आरोप लगाए । उनले आफ्ना आशेपासे र भरौटेहरुकै बचाउन लागिरहने प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग आयोगलाई पनि छानविन गर्न नदिने बताए । ‘ओली आफैले मुखले भ्रष्टाचार गर्दैन, भ्रष्टाचार सहन्न पनि भन्छन्,’ उनले भने, ‘तर, कसैलाई बचाउन अख्तियारले छानविन गर्नुभन्दा पहिले नै बचाउ गर्दै आफ्नो धारणा रार्वजनिक गर्छन् ।’

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेको नेता थापाले ओली सरकार इतिहासकै सबैभन्दा शक्तिशाली भएपनि अहिले आएर इतिहासकै भ्रष्ट र असक्षम सरकार सावित भएको बताए । अहिले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पनि सरकारले काम गर्न नसकेको आरोप लगाउँदै नेता थापाले भने, ‘ओली सरकारले अरुले दिएका सुझाव सल्लाह पनि सुनेन ।’

अकर्मण्य र असक्षम सरकारलाई अब काँग्रेसले सडक र सदनबाट ठेगानमा ल्याउने उनले चेतावनी दिए । काँग्रेसले विगतमा आफूले हारे पनि देशलाई जिताएको स्मरण गर्दै नेता थापाले अब पनि देश र जनताका लागि काँग्रेस सडक र सदनबाट संघर्ष गर्ने बताए ।

कोरोना भाइसरका कारण आठ/महिनादेखि सडकमा आउन नसकिएको भन्दै उनले अन्तिममा बाध्यताबस सडकमै आउनुष्परेको बताए । ‘पधानमन्त्री ओलीलाई आठ/नौं महिना भयो पत्र लेखेको र अनुरोध गरेको’ उनले भने, ‘अकर्मण्य सरकारलाई सुझावलाई आत्मसाथ नगरेपछि सडकमै आनुपर्यो ।’ षड्यन्त्रकारी सरकारलाई खबरदारी गर्न अब सडक र सदननै माध्यम हुने उनले बताए ।


२९ मंसिर २०७७, सोमवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु