Alok

चन्द्रागिरिमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

चन्द्रागिरि नगरपालिकाको मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि–२ को वाडभञ्ज्याङस्थित भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष कार्की र ट्रक चालक मनकुमार माझीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार मृतक दुवै जनाको घर सिन्धुली हो । सवारीधनीले ट्रक रातिबाटै सम्पर्कविहीन भएको हुँदा दुर्घटना रातिनै भएको हुनसक्ने आशंका गरिएको छ ।

डीएसपी श्रेष्ठका अनुसार भिरमा कोही पनि जानसक्ने अवस्था नभएकाले डोरीको माध्यमबाट शव निकाल्ने काम भइरहेको छ ।


२९ मंसिर २०७७, सोमवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु