विप्लव समूहका २ सय ५ जना पक्राउ, २४ जना कारागार चलान

सरकारले प्रतिबन्ध लगाएयता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ सय बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०७५ सालको फागुन १० गतदेखि हालसम्म गरि विप्लव सम्हका २ सय ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये २४ जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने १ सय ६५ जना मुद्दा दर्ता भइ छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

१२ जना सोधपुछ पछि छुटेको प्रहरीको तथ्यांक छ भने ४ जनामाथि अनुसन्धान जारी छ। पक्राउ परेकाहरुमाथि प्रहरीले १ सय ९१ मुद्दा दर्ता गरिएको जनाएको छ भने २ वटा मुद्दा दर्ता गर्न बाँकी रहेको छ।


२४ मंसिर २०७७, बुधवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु