किशोरीलाई आत्मरक्षा तालीम सुरु
समाजमा महिलामाथि घट्ने विभिन्न खाले हिंसाबाट जोगिन डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्ने किशोरीलाई आत्मरक्षा तालीम सुरु गरेको छ ।
नगरपालिकाका ६ सामुदायिक माध्यमिक विद्यालयका २ सय ४० किशोरीलाई उक्त तालीम थालिएको दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी गराए । ‘बलात्कारलागयतका घटनाबाट जोगिन विभिन्न संस्थाको सहयोगमा तालीम सुरु गरेको उनले बताए ।
तालीममा तेक्वान्दो सम्बन्धी आधारभूत प्राविधिक सीप र सैद्धान्तिक ज्ञान दिन सुरु गरिएको जिल्ला खेलकूद विकास समिति डोटीका प्रमुख तथा तेक्वान्दो प्रशिक्षक हर्कबहादुर बोगटीले जानकारी गराए ।
कक्षा १० तथा ९ का प्रत्येक विद्यालयबाट ४० जनालाई उक्त तालीम दिइने नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताइन् ।
२४ मंसिर २०७७, बुधवार १३:२६ बजे प्रकाशित













