सुनको मूल्य आज घट्यो, कति छ आज तोलाको ?

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९२ हजार सात सयमा झरेको छ । सुन हिजो प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२१ मंसिर २०७७, आइतवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु