punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुर अस्पतालमा शवबाहन खरिदका लागि जनस्तरबाट सहयोग जुट्दै

Chaupati
safha napa

कैलालीको टीकापुर अस्पतालमा शवबाहन खरिदका लागि जनस्तरबाट आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको छ । अस्पतालमा शवबाहन नहुँदा समस्या हुँदै आएकामा ह्युमानिटी फाउण्डेशन नेपाल र टीकापुर सरोकार समूहको अगुवाइमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको हो ।

कापुर अस्पतालबाट चल्ने अहिले पनि आधा दर्जन एम्बुलेन्स छन् । तर कसैलेपनि एम्बुलेन्समा शव बोक्न मान्दैनन् । एम्बुलेन्सले शव बोक्न नमानेपछि ट्र्याक्टर वा टिपरमा शव बोक्नु पर्ने समस्या आएपछि शवबाहन खरिदकालागि आर्थिक अभियान शुरु गरेका हुन ।

अस्पतालले सम्बन्धित निकायसँग समन्वय गर्दा पनि शवबाहनको व्यवस्थापनका लागि कुनै पहल हुन नसकेको बताउँदै अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भने, “ ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहसंँग समन्वय गरी शवबाहन खरिदका लागि आर्थिक सहयोग सङ्कलन अभियान थालिएको छ ।”

“शवबाहनका लागि हामीले सङ्घ तथा प्रदेश सरकारसंँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएन”, उनले भने, “टीकापुरका समाजसेवी हिक्मत थापासँगको छलफलपछि अन्तिममा ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहसँगको समन्वयमा जनस्तरबाट आर्थिक सहयोग सङ्कलन अभियान थालिएको हो ।”

फाउण्डेशनका संस्थापक सदस्य हिक्मत थापाले अहिलेसम्म १६ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भइसकेको जानकारी दिदैं २२ लाखदेखि २५ लाख रुपैयाँसम्म सङ्कलन भएपछि हामीले अभियानलाई रोक्ने उनले बताए ।”


२१ मंसिर २०७७, आइतवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु