punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महासंघको केन्द्रीय सदस्यमा निर्वाचित कुँवरलाई बिमानस्थलमा स्वागत

Chaupati
safha napa

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई धनगढी बिमानस्थलमा स्वागत गरिएको छ ।

कुँवर प्रदेश तर्फबाट उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । कुवँरलाई बिहीबार कैलाली उद्योग बाणिज्य संघका पदाधिकारी तथा सम्पूर्ण कार्यसमितिलगायत सल्लाहकारहरुले बिमानस्थलमा स्वागत गरेका हुन् । धनगढी बिमानस्थलमा स्वागत गर्दै कुँवरलाइै बधाई तथा कार्यकाल सफलताको सुभकामना समेत दिएका थिए ।

कुँवरलाई बिमानस्थलमा स्वागत पश्चात कैलाली उद्योग बाणिज्य संघको हलमा एक कार्यक्रमको आयोजना गरी कुँवरले सुदूरपश्चिमका सबै जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुलाई धन्यवाद दिए ।

साथै उनीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । आगामी दिनमा पनि सुदूरपश्चिमको व्यावसायिक बिषयमा एकता रहने प्रतिबद्धता सबै अध्यक्षहरुले गरेका छन् ।


१९ मंसिर २०७७, शुक्रवार १२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु