धनगढी–३ का वडा सचिवलाई कोरोना सङ्क्रमण, कार्यालय बन्द

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा सचिव दीपक भण्डारीलाई कोरोना भाइर््रस सङ्क्रमणको पुष्टि भएको छ ।

केही दिन देखि लगातार ज्वरो आइरहेको र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको भण्डारीले जानकारी गराए । भण्डारी अहिले होम आइसोलेसनमा बसेका छन् ।

पछिल्लो समय कार्यालयमा सेवाग्राहीको भिड वढदै गएका कारण सेवाग्राहीबाटै आफूलाई सङ्क्रमण भएको हुनसक्ने भण्डारीले जानकारी दिए ।

वडा सचिव भण्डारीलाई सङ्क्रमण देखिएपछि वडा कार्यालय मंसिर २६ गते सम्मका लागीबन्द गरिएको छ ।


१९ मंसिर २०७७, शुक्रवार ११:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु