punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषधको सूचीबाट हट्यो गाँजा, नेपालले पनि गर्यो मतदान

Chaupati
safha napa

पछिल्लो समय गाँजालाई वैधानिकता दिने विषयमा नेपालमा बहस भइरहेका बेला गाँजालाई हानिकारक लागुऔषधिको सूचीबाट हटाइएको छ ।

संयुक्त राष्ट्रसंघले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको हो । सूचीबाट हटाउने विषयमा भएको मतदानमा नेपालले पनि पक्षमा मतदान गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लगातारको सुझावपछि राष्ट्रसंघीय लागुऔषधसम्बन्धी आयोग (यूनसीएनडी) ले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाएको हो ।

मतदानमा सहभागी भएका यूएनसीएनडीका ५३ सदस्यमध्ये २७ देशले हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका हुन् । बाँकी २५ मुलुकले हटाउन नहुने भन्दै विपक्षमा मतदान गरे।

हटाउने पक्षमा नेपालसहित भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड, क्यानडा, बेल्जियम, फ्रान्सलगायतका मुलुकले मतदान गरे भने चीन, अफगानिस्तान, पाकिस्तान, जापान, ब्राजिल, इराक, लिबिया, रुस, क्युबा, हंगेरीलगायतका मुलुकले विपक्षमा मतदान गरेका थिए ।

हानिकारक लागुऔषधको सूचीबाट गाँजालाई हटाइए पनि वैधानिकता भने दिइएको होइन । हानिकारक लागुऔषधको सूचीबाट हटाइएपछि अब गाँजालाई औषधिजन्य गुण र वनस्पतिका रुपमा प्रयोग गर्न भने सकिने विषयमा वकालत भएको हो । यसबाट विभिन्न रोगको निदान र औषधिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विश्वमा वैधानिक र अवैधानिक रुपमा गरी गाँजाको ठूलो कारोबार हुने गरेको छ । कोवेन बैंकले गरेको एउटा अध्ययनअनुसार सन् २०२५ सम्म चिकित्सकीय प्रयोग र रमाइलोका लागि समेत गरी करिब ३४ अर्ब अमेरिकी डलर बराबरको गाँजा खपत हुने अनुमान गरिएको छ ।

 


१९ मंसिर २०७७, शुक्रवार १३:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु