९ वर्षीया बलात्कारको घटना दुई महिनापछि सार्वजनिक
कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।
आइतबार साँझ घटना सार्वजनिक भएसँगै बलात्कार आरोपमा १९ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनी जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६ को नारासोतीका हुन्। उनीमाथि गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।
उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
१५ मंसिर २०७७, सोमवार १५:१९ बजे प्रकाशित













