punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘ब्रेन इन्स्पाइर्ड कम्युटिङ’ को कमाल

Chaupati
safha napa

अनुसन्धानकर्ताहरूले डाटा संग्रहित गर्नका लागि संसारकै सबैभन्दा सानो उपकरण निर्माण गरेका छन्।

यसबाट उपभोक्तालाई इलेक्ट्रोनिक्स तथा ‘ब्रेन इन्स्पाइर्ड कम्युटिङ’ का निम्ति तीव्र, सानो तथा ऊर्जा बचत गर्ने चिप बनाउन सहयोग पुग्ने छ। ‘ब्रेन इन्स्पाइर्ड कम्युटिङ’ मस्तिष्कको पूर्ण नक्कल नभई मस्तिष्कको तन्त्रमा आधारित गणनाको मोडल अथवा तरिका हो।

अमेरिकाको अस्टिनस्थित टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरूले यो सानो उपकरणमा अधिक सूचना सुरक्षित गर्ने भौतिक सिद्धान्तसमेत पत्ता लगाएको दाबी गरेका छन्। ‘नेचर न्यानोटेक्नोलोजी’ जर्नलमा हालै यस सम्बन्धी अनुसन्धानपत्र प्रकाशित भएको छ।

वैज्ञानिकहरुले यो उपकरणमा अधिक सूचना संग्रह गर्ने भौतिक सिद्धान्तसमेत पत्ता लगाएका छन्।

संसारमा अहिलेसम्मको सबैभन्दा पातलो डाटा संग्रह उपकरण ९मेमोरी स्टोरेज डिभाइस० भन्दा पनि यो पातलो र सानो आकारको छ।

वैज्ञानिकहरुले बनाएको यो नयाँ डिभाइसको आकार एक वर्ग न्यानोमिटर मात्रै रहेको छ। वैज्ञानिकहरुले यो उपकरणमा अधिक सूचना संग्रह गर्ने भौतिक सिद्धान्तसमेत पत्ता लगाएका छन्। यही भौतिक सिद्धान्तकै आधारमा उनीहरूले अधिक सानो उपकरण बनाउन सकेका हुन्।

यसमा अति सूक्ष्म प्वाल रहेको र त्यसमा अधिक सूचना एकत्र गर्ने तत्व रहेको वैज्ञानिकहरुको भनाइ छ। अनुसन्धानपत्रका सहलेखक डेजी अकिनवान्डेले भने, ‘‘जब धातुको एक अतिरिक्त परमाणुलाई न्यानो आकारको प्वालमा हालेर भरिन्छ तब यो पदार्थमा केही संवाहन हुन पुग्छ। त्यसबाटै सूचना संग्रह गर्ने क्षमतामा परिवर्तित हुन जान्छ र अधिक सूचना अट्ने बन्छ।’’

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सुरूमा न्यानो वस्तुका रुपमा मोलिब्डेनम डाइसल्फाइड प्रयोग गरेका थिए, त्यसलाई एमओएस(२ को नामबाट पनि चिनिन्छ।

यो खोजको प्रयोगबाट परमाणुमा आधारित सयौं पातलो वस्तु बनाउन सकिने वैज्ञानिहरुको विश्वास छ। सानो प्रोसेसर निर्माताहरूले लघु आकारको कम्प्युटर र फोनसमेत निर्माण गर्न सक्ने उनीहरु बताउँछन्।

नयाँ उपकरणबाट प्रति वर्ग सेन्टिमिटर चिपमा करिब २५ टेराबिट्स डाटा संग्रह गर्न सकिने वैज्ञानिकहरुले जानकारी दिएका छन्। यो क्षमता मौजुदा डाटा सुरक्षित राख्ने उपकरणभन्दा सय गुना अधिक हो।


१५ मंसिर २०७७, सोमवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु