Alok

फेरी तोलामा ७०० ले घट्यो सुनको भाउ

सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमवरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो । यस्तै चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।


१५ मंसिर २०७७, सोमवार १३:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु