नेपाल–भारत नियमित उडान शुरु
नेपाल सरकारले नेपाल–भारत नियमति हवाइ उडान शुरु गरेको छ । कोरोना भाईरस संक्रमण त्रासको कारणले चैतदेखि बन्द रहेको नेपाल – भारत हवाइ उडान शुरु गर्ने निर्णय भएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको नियमित उडान शुरु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारीग राए ।
नेपाल –भारतका नागरिक मात्र आउजाउ गर्ने गरी नेपाल–भारतबीच तत्काललाई दैनिक दुई उडान हुने उनले बताए । हाल नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान गरिने उनले बताए।
१४ मंसिर २०७७, आइतवार १२:१८ बजे प्रकाशित































