कन्चपुरमा २ लाख बढीको अबैध कपडा बरामद
कन्चनपुरमा २ लाख बढीको अबैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा नेपाल भित्र्याएको रहेको १ लाख ८२ हजार ७ सय ४० रुपैयाँ बराबरको कपडा सशस्त्र प्रहरी बरामद गरेको हो ।
बल नेपाल बोडर आउट पोष्ट गड्डाचौकीद्वारा खटीएको मोबाईल गस्ति टोलीले भिमदत्त नगरपालिका १० भुजेलाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको बच्चाको मोजा, ईनर, अण्डर टाउजर र लेडिज उलन टाउजर बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिएका छन ।
उनले बरामद गरिएको कपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको बताए ।
१४ मंसिर २०७७, आइतवार १२:३२ बजे प्रकाशित































