punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी १२ को चापसल्लीमा मदिरा बिक्री बितरणमा रोक

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को चाप सल्लीमा मदिरा बिक्री बितरण गर्ने कार्यमा रोक लगाउने निर्णय गरेको छ ।

शनिवार मदिरा तथा जुवातासले समाजमा बिभिन्न खाले नकारात्मक असर परेको र सामाजिक बिकृति फैलिरहेको भन्दै स्थानिय युवाहरुको पहलमा चाप सल्ली गाउँमा मदिरा बिक्री बितरणमा रोक लगाउने निर्णय गरेको हो ।

स्थानिय युवा एमब् समाजिक अभियन्ता दिल बहादुर बुढाथोकीका अनुसार आमा समूहको भेलाले एक समिति नै गठन गरेर यही मंसिर १५ गतेदेखी लागू हुने गरी मदिरा बिक्री बितरणमा रोकमा निर्णय गरिएको हो ।

यदी कसैले नियम बिपरित लुकी मदिरा बिक्री बितरण , सेवन तथा जुवा तास खेलेको फेला परे २००० सम्म जरिबान र कारबाही समेत गरिने निर्णय गरिएको उनले बताए ।

नियमको अटेरी गरी कसैले जबरजस्ती मदिरा बिक्रि बितरण , सेवन र जुवातास खेलेको पाइएमा सुरुमा २ हजार रुपैया जरिबारना लगाइने र फेरि पनि त्यही ब्यक्ति नसुध्रियमा कानुन अनुसार कारबाहीका लागि प्रहरीमा बुझाइने निर्णय भएको सामाजिक अभियन्ता बुढाथोकीले जानकारी गराए।

उनले मदिरा सेवन तथा बिक्रि वितरण भन्दा उत्पादन मुलक कार्यमा लाग्न र समाजमा रहेका बिकृति बिसंगतिहरु हटाउनमा मदत गर्न सबै गाउँबासीमा अनुरोध गरे ।


१४ मंसिर २०७७, आइतवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु