धनगढीमा बस दुर्घटना, चालक पक्राउ
धनगढीमा बस दुर्घटना भएको छ । शनिबार राति १२ बजेको समयमा ना५ख ४१७ नम्बरको बस दुर्घटना भएको हो ।
बस अनियन्त्रित भइ धनगढी मिलन चौकस्थित एक घरको भित्ता भित्तामा ठोकीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए।
बस र घरमा क्षति भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ । डोटीको जोरायल गाउँपालिका घर भएका २२ वर्षीय गाडी चालक मानबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।
१४ मंसिर २०७७, आइतवार ११:०९ बजे प्रकाशित













