कञ्चनपुरबाट लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ३ कालोपुल क्षेत्रबाट १९ वर्षिय शिखर जोशीलाई ७ ग्राम खैरो हिरोन सहित प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरिक्षक उत्तरसिँह विष्टको नेत्रित्वमा गएको सीमा गस्ति टोलीले सोहि नगरपालिका वडा नम्बर १८ सालगाढीका जोशीलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी गराए ।


१४ मंसिर २०७७, आइतवार १०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु