punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान, २ जना बाल सुधारमा

Chaupati
safha napa

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन।

गत कार्तिक ८ गते जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ६ जना जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका हु्न ।

बलात्कार आरोपमा पक्राउ परेका जानकी गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी गराए ।
सामूहिक बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको उनले बताए ।

६ जना पुर्पक्षका लागि कारागार र २ जना बाल सुधार गृह पठाइएको भएपनि एकजना भने अझै फरार रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानले जानकारी गराउदै फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी राखिएको बताए।


१३ मंसिर २०७७, शनिवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु