punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नलाग्ने

Chaupati
safha napa

 

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नलाग्ने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मङ्सिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दथे । मेलौली भगवती मन्दिर परिसरमा कुनै किसिमका व्यापारिक कक्ष राख्न नदिने, मन्दिर परिसर र मन्दिर नजिक रहेका क्षेत्रमा भीडभाड गर्न नदिने निर्णय गरिएको बताए । उनले भने, “कोरोना जोखिम कायमै रहेकाले मेलाजात्रामा रोक लगाएका हौँ ।”

यस्तै मङ्सिर १३ गतेदेखि १६ गतेसम्म होटेल, पसल तथा बजार पूर्णरुपमा बन्द गर्ने, सोही समयमा मदिराको कारोवार र सेवनमा पूर्णरुपमा रोक लगाउने, स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परिवारबीच मात्रै जात्रा मनाउन दिने नगरपालिकाको कार्यापालिकाले निर्णय गरिएको उनले बताए।


१३ मंसिर २०७७, शनिवार १४:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु