पाटन पञ्चेश्वर सिंचाइले नहर भत्काएपछि खेतबारीमा सिंचाइमा समस्या

 

बैतडीको पाटन पञ्चेश्वर सिंचाइले सिचाई नहर भत्काएपछि खेतीबारीमा सिचाईमा समस्या भएको छ । स्थानियले श्रमदान गरी २०३४ साल देखी भोगचलन गरी १२ किलोमिटर पाटन पञ्चेश्वर सडक आयोजनाले सडक निर्माणका क्रममा भत्काएपछि खेतबारीमा सिंचाइमा समस्या भएको हो ।

स्थानायिले आफै श्रमदान गरेर पाटन नगरपालिका वडा नम्बर ५ स्याडी खोलाबाट अडतोला र कत्वार गाँउका लागि सिचाई नहर निर्माण गरेको पाटन नगरपालिका वडा नम्बर ५ अडतोलाका खेमराज पाण्डेयले जानकारी गराए।

नहर सडक आयोजनाले बन्द गरिदिएपछि दुई गाँउका स्थानीयहरु सिचाई सुविधाबाट बञ्चित भएका हुन् । पटक–पटक सडक निर्माण कम्पनीलाई जानकारी गराएपनि वेबास्ता गरेको वडा नम्बर ५ अडतोलाका स्थानिय पाण्डेयले बताए। ‘स्थानीय तह र सडक डिभिजन कार्यालयमा नहर मर्मत गर्नका लागि धेरै पटक निवेदन दिएको पण्डेयले बताए ।

सिचाई सुबिधा बञ्चित भएपछि अडतोला र कत्वारबासीको तरकारी खेती उत्पानमा प्रभावित भएको स्थानियहरुको गुनासो गरेका छन । नहर मर्मतमा कतैबाट पहल नभएपछि सर्घषमा उत्रने समेत अडतोला र कत्वारबासीले चेतावनी दिएका छन् ।

स्थानीय तहले पनि सम्बन्धीत निकायमा नहर मर्मतका लागि ताकेता गरेपछि कुनै चासो नदिएको पटन नगरपालिकाका मेयर केशब चन्दले बताए ।

सडक नहले भत्काएपछि अडतोला र कत्वार क्षेत्रका किसानहरुलाइ तरकारी खेती प्रभावित भएको मेयर चन्दले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनी र सडक पुर्वाधार कार्यालयले यस नहर मर्मतको जिम्मेबारी लिई बनाउनुपर्ने बताए ।


१३ मंसिर २०७७, शनिवार १३:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु