कञ्चनपुरमा घाँटीमा ढुंगा अड्किँदा एक बालकको निधन
कञ्चनपुरमा घाँटीमा ढुंगा अड्किँदा एक बालकको निधन भएको छ ।
मंगलबार राति जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको घाँटीमा ढुंगा अड्किँदा मृत्यु भएको छ । साहाकाको उपचारका क्रममा निनध भएको हो । उनी घर आँगनमा खेल्ने क्रममा ढुंगा मुखमा हाल्दा घाँटीमा अड्किको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि महाकाली अस्पताल पुर्याए पनि ढुंगा झिक्न सम्भव नभएपछि कैलालीको धनगढीतर्फ लगिएकोमा उपचारका क्रममै निनध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
१० मंसिर २०७७, बुधवार ११:०९ बजे प्रकाशित













