punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को परीक्षा सुरू, चार लाख बढी विद्याथी सहभागी

Chaupati
safha napa

कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरू भएको हो ।
परीक्षामा देशभरिका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

४० नम्बरको पूर्णांकको लागि भइरहेको परीक्षामा बिहान ८ बजेबाट सुरु भइडेढ घण्टामै सकिएको छ । थप ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका छन् ।

सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षाको तयारी गरेको बोर्डले जानाकारी दिएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ ।


९ मंसिर २०७७, मंगलवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु