punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालन

Chaupati
safha napa

कोरोना कहरले लामो समयदेखि बन्द रहेका दोगडाकेदार गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन्।

गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्।

लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले विद्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले जानकारी दिए।

कक्षा १ देखि १० सम्मका विद्यालयहरु सोमबारदेखि सञ्चालनमा आएको र कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १२ को परीक्षा परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ देखि सञ्चालनमा आउने शिक्षा शाखा प्रमुख भट्टले बताएका छन ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताएका छन्। उनले भने, ‘लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन भइ पठनपाठन हुन थालेपछि विद्यार्थी,अभिभावकहरु खुसी भएका छन्।’

दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र तीन संस्थागत विद्यालयमा गरी ८ हजार बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन्।

 


९ मंसिर २०७७, मंगलवार ११:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु