जीपको ठक्करबाट डोटीमा एक जना घाइते
जीपको ठक्करबाट डोटीमा एक जना घाइते भएको छन् ।
जिल्लाको दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ एयरपोट खानिखोला नजिक दिपायल कच्ची सडक खण्डमा लु १ च ४६०० नम्बरको जीपले ठक्कर दिँदा आर्दश गाउँपालिका १ बस्न ४५ वर्षीय खडकबहादुर पार्कि घाइते भएको हो ।
मौता बाट दिपायल तर्फ गइरहेको जीपले ठक्कर दिँदा पार्किको टाउको र नाकमा चोट लागेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाइएको छ ।
पार्कीको शैलेश्वरी अस्पताल उपचार भइरहेको छ । भने जिप र चालकलाई र्इलाका प्रहरी कार्यालय दिपायलको नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
९ मंसिर २०७७, मंगलवार ११:२५ बजे प्रकाशित































