सुनको मूल्य आज ह्वात्तै घट्यो
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसंगै सुन प्रतितोला ९२ हजार पाँच सय कायम भएको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ८० मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
९ मंसिर २०७७, मंगलवार ११:१८ बजे प्रकाशित































