सुदूरपश्चिममा थप ५२ जनामा कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ५५ जनाको परीक्षण गर्दा थप ३७ जनामा संक्रमण देखिएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४्४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १र१ जनामा संक्रमण देखिएको छ ।
यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २र२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेल्धुराको परशुराम नगरपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १५ जना संक्रमण पुष्टि भएको सामाजिक मन्त्रालयलले जनाएको छ । यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ८ सय १७ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ४७ जना डिस्चार्ज भएका छन भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।
८ मंसिर २०७७, सोमवार १९:३९ बजे प्रकाशित































