Alok

डडेल्धुरामा भीरबाट लडेर आमाछोराको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित ढोडनाको भीरबाट लडेर सोही गाउँपालिका २ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल र उनको १३ दिनको छोराको मृत्यु भएको छ ।

सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झांक्री हेराउन जाने क्रममा भीरबाट करिब ३ सय मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गर्न उनको श्रीमान शेरबहादुरलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।


८ मंसिर २०७७, सोमवार २०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु