punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ का कति विद्यार्थीले दिँदैछन् होम सेन्टरबाट परीक्षा ?

Chaupati
safha napa

कोरोना भाइरसका बारण रोकिएको कक्षा १२ को परीक्षा यही मंसिर ९ (सोमबार)देखि सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् ।

१७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए । बोर्डले आफू अध्ययन गरेको विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरेको थियो ।

नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रप्रसाद पौडेलले जानकारी दिए । पछि परीक्षा दिने व्यवस्था मिलाइएकाले कोरोना संक्रमित परीक्षार्थीलाई मंगलबार सुरु हुने परीक्षामा सहभागी नहुन आग्रह गरिएको छ ।

मंगलबार विहान ८ बजे सुरू हुने परीक्षाका लागि ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका छन् । परीक्षा बोर्डले ४० पूर्णाङ्कको परीक्षा लिन लागेको हो ।


८ मंसिर २०७७, सोमवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु