कञ्चनपुरमा गोठमा आगलागिबाट डेढ लाख मूल्य बराबरको नष्ठ
कञ्चनपुरको बेदकोट नगरपालिकाकामा गोठमा आगलागि बाट डेढ लाख मूल्य बराबरको नष्ठ भएको छ । नगरपालिकाको वडा नम्बर १ रजहाका स्थानीय पदम राज भट्टको तीन कोठाको कच्ची गोठमा आगलागि बाट डेढ लाख मूल्य बराबरको नष्ठ भएको हो ।
आइतबार राति साढे ११ बजेतिरको समयमा अचानक आगलागि भई गोठभित्र रहेको अन्न, भुसा, पराल, काठ जलेर नष्ट हुँदा करिब १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
स्थानीय तथा प्रहरीको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा लिईएको साथै पशुचौपाया र मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
८ मंसिर २०७७, सोमवार १३:३१ बजे प्रकाशित































