कञ्चनपुरमा बेवारिसे अवस्थाको १८ गोलिया खयरको काठ बरामद
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमितिमा १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरिएको छ । आइतबार साँझ जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले खयर प्रजातिको काठ बरामद गरेको हो ।
“कानून अनुसार निकुञ्जको अनुमतिबिना खयर प्रजातिको काठ बेच्न पाइँदैन”, उनले भने, “काठ अनुमति बिना बिक्री वितरण गरेको पाइएमा बिगोअनुसार जरिवाना हुन्छ ।” बरामद काठ निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नागेश्वर सामुदायिक वनको रहेको बताइएको छ । बरामद काठलाई निकुञ्ज कार्यालयले नियन्त्रणमा लिएको उनले बताए । बरामद गरिएको काठबारे छानबिन भइरहेको रेञ्जर रसाइलीले जानकारी दिए ।
८ मंसिर २०७७, सोमवार १२:३७ बजे प्रकाशित































