punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तुलनात्मक रुपमा बझाङ र दार्चुलामा कोरोनाका सक्रिय संक्रमित धेरै

Chaupati
safha napa

सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्था हेर्दा सबैभन्दा बढी कैलाली जिल्ला प्रभावित बनेको छ । प्रदेशको राजधानीसमेत रहेको कैलालीमा प्रदेशका अन्य जिल्लाकाको तुलनामा कोरोना संक्रमितको संख्या धेरै छ ।

कैलालीमा हालसम्म कोरोना संक्रमितको संख्या चार हजार तीन सय ७८ पुगिसकेको छ । कैलालीपछि तराई क्षेत्रकै कञ्चनपुर, पहाडका अछाम र डोटीमा पनि कोरोना संक्रमितको संख्या एक हजार भन्दा माथि पुगिसकेको छ ।

संक्रमितको संख्याका हिसावले दोस्रो नम्बरमा रहेको डोटीमा एक हजार तीन सय ४४ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, कञ्चनपुरमा एक हजार एक सय ८२, अछाममा एक हजार एक सय ९२ जना संक्रमित पुगिसकेका छन् । प्रदेशका अन्य जिल्लामा संक्रमितको संख्या एक हजारमूनि छ ।

तर, संक्रमितको संंख्या हजार नकटेपनि पहाडका बझाङ, दार्चुला र डडेल्धुरामा भने सक्रिय संक्रमितको संख्या तुलनात्मक रुपमा अन्य भन्दा धेरै छ । बझाङमा हालसम्म कोरोना संक्रमितको संख्या सात सय १० पुगेको छ । तर, यहाँ सक्रिय संक्रमितको संख्या अझै दुई सय २३ छ । त्यसैगरि दुई सय ८८ जनामा कोरोना संक्रमण भएको दार्चुलामा अझै सक्रिय संक्रमितको संख्या दुई सय १३ छ । संक्रमितको संख्याका आधारमा सक्रिय संक्रमितको यो संख्या प्रदेशमा सबैभन्दा धेरै हो ।

यस्तै, डडेल्धुरामा पनि नौं सय ९५ जनामा कोरोना संक्रमण भएकोमा सक्रिय संक्रमितको संख्या एक सय १६ छ । जबकी एक हजार भन्दा बढी जनामा संक्रमण भएको अछाममा अहिले ७२ जना सक्रिय संक्रमित मात्रै छन् । त्यस्तै, कञ्चनपुरमा एक सय १० र डोटीमा एक सय ४५ जना सक्रिय संक्रमित छन् । पाँच सय १९ जना संक्रमित पुगेको बैतडीमा ४८ जना र चार सय ७२ जना संक्रमित पुगेको बाजुरमा १९ जना सक्रिय संक्रमित छन् ।

विहीबारको परीक्षणमा पनि कैलालालीपछि बझाङमा संक्रमितको संख्या धेरै देखिएको छ । विहीबार जम्मा ३७ जनामा संक्रमण देएिको छ । जसमध्ये कैलालीमा १८ जनामा कोरोना पुष्टि हुँदा बझाङमा १० जनामा संक्रमण देखिएको छ । त्यस्तै, डडेल्धुरा र कञ्चनपुरमा चार÷चार जना र दार्चुलामा एक जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म एक हजार सात सय २२ जना सक्रिय संक्रमित पुगेका छन् । विहीबारसम्म कोरोना संक्रमितको संख्या १० हजार छ सय चार पुगेको छ । डिस्चार्ज हुनको संख्या आठ हजार आठ सय ४९ छ भने ३३ जनाले ज्यान गुमाएका छन् । यो सबै संख्या प्रदेशभित्र परीक्षण भएको व्यक्तिहरुको संख्या हो । यो तथ्यांकमा सुदूरपश्चिमबासी भएर पनि बाहिर परीक्षण गराएर संक्रमित देखिएका, डिस्चार्ज भएका वा र मृत्यु भएका व्यक्तिहरुको विवरण समेटिएको छैन ।


५ मंसिर २०७७, शुक्रवार १०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु