punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षण नगरी जिल्ला प्रवेश गर्दा दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

Chaupati
safha napa

कोरोनाको पिसिआर परीक्षण नगरेर जिल्ला भित्रिएको भन्दै जुम्लामा प्रहरीले दुई स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ। आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ।

उनीहरू जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभएको र साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट आएको प्रहरीले जनाएको छ ।


५ मंसिर २०७७, शुक्रवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु