चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, नातेदारकै संलग्नता
मकवानपुरमा चार वर्षीयाबालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा उनकै नातेदार संलग्न भएको खुलेको छ ।
बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या आरोपमा पक्राउ परेका १६ वर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
भोलनले प्रहरी समक्ष आफूले बालिकाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । उनले बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको बताए । बालिकाको शब घर नजिकै बगरमा फेला परेको थियो ।
४ मंसिर २०७७, बिहीवार १९:४५ बजे प्रकाशित































