मास्क नलगाउनेलाई दुई हजार जरिवाना हुने
भारतको राजधानी दिल्लीमा मास्क नलगानेतलाई जरिवाना तोकिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराइने व्यवस्था गरिएको छ ।
मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्याएको हो ।
केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि थप कडाई गर्न लागिएको मुख्यमन्त्री केजरिवालले जानकारी दिए ।
४ मंसिर २०७७, बिहीवार १९:३५ बजे प्रकाशित































