punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्रयाक्टरको ठक्करबाट पति-पत्नीकै मृत्यु, चालक इमरान खान पक्राउ

Chaupati
safha napa

बर्दियामा ट्रयाक्टरको ठक्करबाट पति-पत्नीकै मृत्यु भएको छ।

बर्दियाको बढैयाताल गाउॅपालिकाको मैनापोखरमा हिजो राति भे१त ५०९९ नम्बरको ट्रयाक्टरले भे३प ७८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पति-पत्नीकै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय अर्जुन रिमाल र उनकी पत्नी २३ वर्षीया ललिताको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रयाक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ।


२३ कात्तिक २०७७, आइतवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु