Alok

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड नाघ्यो, ज्यान गुमाउने कति पुगे ?

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रौ ५ लाख ९८ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर ५ करोड २ लाख ४७ हजार नाघेको छ ।

अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ३४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ५६ हजार ११४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७९ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५५ लाख ५१ हजार ४६ हजार ४७ पुगेको छ ।

उपचार गराइरहेका १ करोड ३४ लाख ५२ हजार १२६ मध्ये ९१ हजार ७७८ जनाको अवस्था गम्भीर छ ।


२३ कात्तिक २०७७, आइतवार ०९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु