देशभर थप ३१६७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन् । जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
८९ हजार ८४० संक्रमितमुक्त निको भएर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।
१ कात्तिक २०७७, शनिवार १६:५१ बजे प्रकाशित












