punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गड्डाचौकी नाकामा नेपाल गेट निर्माण गरिने

Chaupati
safha napa

कञ्चनपुरको गड्डाचौकीस्थित पश्चिमी सीमा मा नेपाल गेट निर्माण गरिने भएको छ। नेपाल गेट निर्माणका लागि भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष २०७७।०७८ मा अस्मिता विल्ड्रर्स प्रालिसंग ६२ लाखको लागत सम्झौता गरेको छ।

माघ मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता गरिएको उक्त गेटमा नेपालको नक्सा, बुद्धको मूर्ति सहित नेपाली भूगोल र लोक संस्कृतिको झझल्को दिने प्रतिक राखिने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । नेपाल–भारत सीमा नाका गड्डाचौकीमा नेपाल गेट निर्माण भएपछि विदेशी पाहुनाहरुलाई उक्त गेट हुँदै नेपाल प्रवेश गर्दा गेटबाटै नेपालका विभिन्न राष्ट्रिय प्रतिकहरुको बारेमा जानकारी मिल्ने र गौतम बुद्ध जन्मेको देश भनेर समेत अनुभूति हुने अपेक्षा गरिएको छ ।

गड्डाचौकी स्थित पश्चिमी सीमा नाका नजिकै यसअघि ७७ फिट अग्लो स्तम्भमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । सोही झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गर्ने भीमदत्त नगरपालिकाको योजनासमेत रहेको छ ।


२७ असोज २०७७, मंगलवार १७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु