पीसीआर परीक्षण शु्ल्क अब एक हजारभन्दा बढी लिन नपाउने
कोरोना भाइरस परीक्षणका लागि लाग्ने पीसीआर परीक्षण शुल्क अब एक हजार रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने जनाएको हो। असोज १५ गते मन्त्रीस्तरीय निर्णयबाट यसअघि दुई हजारभन्दा बढाउन नपाउने निर्णय गरिएको थियो । अहिले फेरि सो शुल्क पनि घटाएर एक हजार रुपैयाँमा कायम गरिएको छ। परीक्षण शुल्क समायनुकूल परिमार्जन हुँदै जाने मन्त्रालयले जनाएको छ।
यसअघि सुरुमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको थियो। त्यसपछि घटाएर चार हजार रुपैयाँभन्दा बढी लिन नपाउनेगरी शुल्क तोकिएको थियो। त्यसपछि भने शुल्क घटाएर दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने जनाइएको थियो।
अन्तर्राष्ट्रिय बजारमा रिएजेन्ट तथा अन्य स्वास्थ्य सामग्रीको मूल्य कम भएकाले शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२७ असोज २०७७, मंगलवार १७:१३ बजे प्रकाशित































