punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ३५५६ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

देशभर आज थप तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।

यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ ।


२७ असोज २०७७, मंगलवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु