punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनसन तोडेपछि डा. केसी आईसीयूमा भर्ना

Chaupati
safha napa

सरकारसँग सहमति भएपछि आफ्नो १९ औं अनसन तोडेका डा। केसी आइसियूमा भर्ना भएका छन् ।

चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा। केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएको हो । शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा। गोविन्द केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोडेका थिए।

अनशन अन्त्य गर्नुअघि डा। केसीले दुवै पक्षका वार्ता टोलीका साथै शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए। डा। केसीका सहयोगी प्रीतम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाएका थिए।

अनशन अन्त्यपछि डा। केसी पक्षका वार्ता टोली संयोजक डा। जीवन क्षत्रीले सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। सरकार र डा। केसीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।


२६ असोज २०७७, सोमवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु