punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट भरतपुरका वडाध्यक्षको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ ।

६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए ।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो ।

त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियो । फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको डा. पौडेलले बताए ।

चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


२५ असोज २०७७, आइतवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु