सुनको मूल्य स्थीर, चाँदीको बढ्यो
सुनको मूल्य स्थीर छ भने चाँदीको मूल्य बढेको छ। सुन आज पनि प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोला १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
२६ असोज २०७७, सोमवार ११:२२ बजे प्रकाशित































