कैलालीका कोरोना संक्रमित एसपीलाई काठमाडौं लगियो
कोरोना संक्रमित कैलालीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी) अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो। आइतवार बिहान उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
केही दिनअघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।
२५ असोज २०७७, आइतवार १२:५२ बजे प्रकाशित































