Hotel Flora Long Ad

‘टिभीएस दशैंको आशा’ : दार्चुलाकी हेमलताले हात पारिन् ‘आरआर ३१०’ बाइक

‘टिभीएस दशैंको आशा’ योजना अन्तर्गत दोस्रो साताका विजेता दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ कि हेमलता ठगुन्नाले हात पारेकी छन् ।

ठगुनालाई धनगढीमा रहेको वागेश्वरी अटोमोटिभ्सले शुक्रबार ‘आरआर ३१०’ सीसी बाइक प्रदान गरिएको छ । सो वाइकको बजार मूल्य ७ लाख ७९ हजार ९ सय रुपैया रहेको छ । पहिलो साता ‘लक्की ड्र’मा मार्फत काठमाडौं बालुजाका अमितजंग सिटौलालाई वाइक प्रदान गरिएको थियो ।
बिजेता हेमलता ठगुनाले टिभिएसको स्कुटी किनेकी थिइन् ।

‘लक्की ड्र’मा आफूलाई विश्वास नभएपनि उपहार पाउँदा खुशीको सिमा नरहेको उनले बताइन् । जिन्दगीमा कहिले पनि यस्तो लक्की ड्रमा विश्वास नरेपनि अहिले आफूले यो उपहार पाउँदा दंग भएको बताइन् ।

ग्राहकले टिभीएसको मोटरसाइकल किनेर वा नकिनेर पनि यो योजनाको सहभागी बन्न सक्ने वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रबन्धक प्रेम साउँदले बताए । उनले उक्त योजनाको मूख्य विशेषता यही भएको जानकारी दिए । प्रत्येक साता एभिन्यूज टेलिभिजन र टिभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर गोला प्रथाबाट बिजेता छानिन्छ ।

टिभीएसको कुनै पनि मोटरसाइकल किन्दा नौं हजार र स्कूटर किन्दा सात हजार रुपैयाँ नगद छुट पाइन्छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किन्न सक्ने ब्यवस्था रहेको वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक साउँदले जानकारी दिए ।

बम्पर उपहारका रुपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । कम्पनीका अनुसार हरेक हप्ता हुने ‘लक्की ड्र’मा भाग लिन चाहनेले अनलाइन फारम भर्न सक्नेछन् ।

यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने बताइएको छ । जगदम्बा मोटर्स प्रा.लिले नेपालमा टिभीएस टू–ह्वीलर्स भित्र्याउँदै आएको छ ।

 

२३ असोज २०७७, शुक्रवार १७:५८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु