punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुलमान बाहिरएसंगै विद्युत कटौती बढ्यो, आज पनि हुँदैछ विद्युत कटौती

Chaupati
safha napa

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै विद्युत कटौती बढेको छ ।

मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले विद्युत कटौती गर्नु परेको प्राधिकरणले जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै विद्युत कटौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चुस्तरूपमा सिस्टम नबनेसम्म यो समस्या कायमै रहने बताउँछन् । यस्तो समस्या विगतमा पनि रहेको उनले बताएका छन् ।

नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ ।

शुक्रबार प्राधिकरणले निकालेको सूचना अनुसार आज उपत्यकाका तीन वटै जिल्ला ९काठमाडौँ, भक्तपुर र ललितपुर०का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । कैलालीमा पनि विद्दुत कटौती गर्ने जनाएको छ ।


२४ असोज २०७७, शनिवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु