आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बजारमा आज सुनको मूल्य फेरि बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन हिजो ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ पुगेको छ ।

चाँदी हिजो प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२३ असोज २०७७, शुक्रवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु