punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिटिइभिटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि सञ्चालन गर्ने तयारी

Chaupati
safha napa

लकडाउनका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९सिटिइभिटी०का परीक्षा कात्तिक तेस्रो सातादेखि सन्चालन गर्ने तयारी गरिएको छ।

आज सूचना निकाल्दै सिटिइभिटीले स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिने जनाएको हो। सिटिइभिटीले परीक्षाको तालिका पनि छिट्टै प्रकाशित गर्ने जनाएको छ।

कोरोना महामारी फैलिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसपछि स्थगित भएका परीक्षा सन्चालन हुन सकेका छैनन्।


२३ असोज २०७७, शुक्रवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु